मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

कोभिड-१९

सन् २०२१ सम्म विश्वका ४० प्रतिशतलाई खोप लगाउने डब्लुएचओको लक्ष्य


  • 1000
    SHARES
  • http://indianyoga.school/posts/1092
    असोज २३, २०७८ शनिबार
    सन् २०२१ सम्म विश्वका ४० प्रतिशतलाई खोप लगाउने डब्लुएचओको लक्ष्य

    विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । 

    विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको हो । 

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले संगठको यो लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन् । विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै उनले यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन् ।

    बाच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन् । 
     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij