मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

फेसबुकले नाम चोरेको भन्दै मेटा अदालत जाने


  • 1.3K
    SHARES
  • http://indianyoga.school/posts/1617
    कात्तिक २२, २०७८ सोमबार
    फेसबुकले नाम चोरेको भन्दै मेटा अदालत जाने

    अमेरिकी सहर सिकागोमा रहेको प्रविधि कम्पनीले फेसबुकले आफ्नो नाम चोरेको आरोप लगाएको छ । 

    फेसबुकले गत साता कर्पोरेट नाम फेसबुकबाट मेटा राखेको थियो । विज्ञप्ति जारी गर्दै कम्पनीका संस्थापक नेट स्कुलिकले भनेका छन्, ‘अक्टोबर २८ मा फेसबुकले हाम्रो ट्रेडमार्क अतिक्रमण गर्दै मेटा राखेको छ, यो नाम उनीहरुले हामीसँग किनेर होइन सामाजिक सञ्जालको बलमा जबर्जस्ती गरेका हुन् ।’

    उनले बोल्ने एउटा र गर्ने अर्को व्यहोरा देखाउँदै आएको फेसबुकबाट यसो हुनु नौलो नभएको मेटाले जनाएको छ । मेटाले फेसबुकविरुद्ध प्रतिलिपि अतिक्रमणको मुद्दा अदालतमा हाल्ने प्रक्रिया सुरु गरेको जनाएको छ । इलिनोइसको सिकागोमा मेटा कम्पनी सन् २०१६ मै दर्ता भएको थियो ।

    तर सन् २०१५ मै फेसबुकका संस्थापक मार्क जुकरबर्ग र श्रीमी प्रिसिलियाचानले चान जुकरबर्ग इनिसिएटिभको रुपमा मेटा ट्रेडमार्क दर्ता भएको बताइएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij