मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

त्रिवि आइओएमको परीक्षा यथावत हुँदा विद्यार्थी तनावमा


  • 1.5K
    SHARES
  • http://indianyoga.school/posts/3106
    माघ ९, २०७८ आइतबार
    त्रिवि आइओएमको परीक्षा यथावत हुँदा विद्यार्थी तनावमा

    काठमाडौं । कोभिड संक्रमणको बढ्दो जोखिमका कारण त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकण कार्यालयले वार्षिक प्रणाली तथा डिन कार्यालयअन्र्तगतका सेमेस्टरका सबै परीक्षा स्थगित गरे पनि चिकित्सा शिक्षा शास्त्र अध्ययन संकाय (आइओएम)ले माघ १० गतेदेखि सुरु हुने डेन्टलतर्फका नियमित परीक्षाहरू अझै स्थगित गरेको छैन ।

    एकातिर कोरोनाको तेस्रो लहर बढेसँगै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेका छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत भौतिक उपस्थितका परीक्षा हाललाई नगर्न नगराउन सबै शैक्षिक निकायहरूलाई निर्देशन दिएको छ ।

    तर आइओएमले सोमबारदेखि हुने तय भएको डेन्टल तर्फको अन्तिम वर्षको परीक्षा स्थगित नगरेपछि विद्यार्थीहरू मानसिक तनावमा छन् । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij