शुक्रबार, भदौ १३ गते २०८२ Aug 29 2025 Friday
images
images

दुई देशका राष्ट्रप्रमुख भेटवार्ता

पुटिनसँगको वार्तामा सिद्वारा चीन–रुसबीच ‘गहिरो विश्वास’ को प्रशंसा


  • 1.0K
    SHARES
  • http://indianyoga.school/posts/4708
    कात्तिक १, २०८० बुधबार
    पुटिनसँगको वार्तामा सिद्वारा चीन–रुसबीच ‘गहिरो विश्वास’ को प्रशंसा

    बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले दुई मुलुकबीचको ‘आपसी राजनीतिक विश्वास’ निरन्तर गहिरो हुँदै गएको बताएका छन् ।

    सरकारी समाचार समिति सिन्ह्वाका अनुसार राष्ट्रपति सिले ‘अन्तर्राष्ट्रिय निष्पक्षताको रक्षा’ र ‘न्याय’ का लागि चीन र रुसको संयुक्त प्रयासका लागि आग्रह गरे । उनले दुवै मुलुकबीचको ‘घनिष्ठ र प्रभावकारी रणनीतिक समन्वय’ को प्रशंसासमेत गरे ।

    143658-01-02.jpg

    ‘द्विपक्षीय व्यापार ऐतिहासिक उचाइमा पुगेको छ, यो दुवै मुलुकले तय गरेको दुई खर्ब अमेरिकी डलरको लक्ष्यको दिशातिर अघि बढिरहेको छ,’ उनले भने ।

    राष्ट्रपति सिले पछिल्लो १० वर्षमा आफूले राष्ट्रपति पुटिनलाई ४२ पटक भेटेको पनि उल्लेख गरे । उनले आफूहरूबीच राम्रो सम्बन्ध र गहिरो मित्रताको विकास भएको बताए ।

    चीनले यसै साता राष्ट्रपति सिको व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । 

    अतिथिको शीर्ष सूचीमा पुटिन हुनुहुन्छ । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रियरूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो । 

    चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ ।  

    143840-01-02.jpg

    युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ । 

    बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा हुनुहुन्छ । तर, विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ ।

    इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको युद्ध शुरू भएपछि बीआरआई शिखर सम्मेलन छायाँमा परेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij