बिहीबार , भदौ १२ गते २०८२ Aug 28 2025 Thursday
images
images

भारत विदेश मन्त्रालयको पुष्टि

आठ जना भारतीय सैनिकलाई कतारमा मृत्यु दण्ड


  • 892
    SHARES
  • http://indianyoga.school/posts/4881
    कात्तिक १०, २०८० शुक्रबार
    आठ जना भारतीय सैनिकलाई कतारमा मृत्यु दण्ड

    कतारको अदालतले ८ जना भारतीय नागरिकलाई मृत्यु दण्ड हुने फेसला सुनाएको छ । 

    कतारको दोहामा पक्राउ परेका आठ जना पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्यु दण्डको फैसला सुनाएको हो । 

    भारतको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयले कतारी अदालतको फैसलाबाट स्तब्ध भएको जनाएको छ ।

    ‘कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा मृत्यु दण्डको फैसला सुनाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मृत्यु दण्डको फैसलाले हामी स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतिक्षामा छौँ ।’

    आफ्ना नागरिकलाई मृत्यु दण्ड दिने कतारी अदालतको फैसलालाई उच्च महत्त्व दिने भन्दै भारतले सबैका परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गरिने जनाएको छ ।

    ‘हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।’

    मृत्यु दण्डको सजाय सुनाइएका आठ भारतीय सन् २०२२ को अक्टोबरदेखि कतारमा कार्यरत थिए । उनीहरुमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोपमा अदालतले मृत्यु दण्डको फैसला सुनाएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij