मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

विज्ञान-प्रविधि 

सरकारद्वारा विपक्षीको फोन ट्याप आरोपको अनुसन्धान जारी


  • 1.0K
    SHARES
  • http://indianyoga.school/posts/5001
    कात्तिक १६, २०८० बिहीबार
    सरकारद्वारा विपक्षीको फोन ट्याप आरोपको अनुसन्धान जारी

    भारतको साइबर सुरक्षा एकाइले एप्पल आइफोनमा ‘राज्य–प्रायोजित आाक्रमणकारीहरू’ को चेतावनी प्राप्त गरेपछि फोन ट्यापिङको प्रयास भएको भन्ने विपक्षी नेताहरूको आरोपको अनुसन्धान गरिरहेको सञ्चारमाध्यमले बिहीबार बताएका छन् । 

    भारतको कम्पयुटर इमरजेन्सी रेस्पोन्स टिम (सिआइआरटी–इन)ले उजुरीहरूको अनुसन्धान शुरू गरेको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले जनाएको छ । ‘एप्पलले अनुसन्धानमा सहयोग गर्नेछ,’ इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयका सचिव एस कृष्णनको भनाइ उद्धृत गर्दै पिटिआईले भनेको छ । 

    सूचना तथा प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार सरकार उजुरीहरूबाट ‘चिन्तित’ भएको बताए । ‘भारत सरकार सबै नागरिकको गोपनीयता र सुरक्षाको रक्षा गर्ने आफ्नो भूमिकालाई अत्यन्त गम्भीरताका साथ लिन्छ र यी सूचनाहरूको जरैसम्म अनुसन्धान गर्नेछ,’ सामाजिक सञ्जालमा उनले भने । 

    विपक्षी काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीले आफ्नो कर्मचारीका साथै शशि थरुर, महुआ मोइत्रा र प्रियङ्का चतुर्वेदीसहित विपक्षी सांसदहरूलाई पनि आइफोनबाट चेतावनी सन्देश प्राप्त भएको बताए । ‘सरकारले चाहे जतिसुकै फोन ट्यापिङ गरोस्, मलाई कुनै फरक पर्दैन, उसले मेरो फोन लिन सक्छ, मलाई कुनै डर छैन,’ गान्धीले मङ्गलबार भने ।

    भारत सरकारमाथि सन् २०२१ मा राजनीतिक विरोधी, कार्यकर्ता र पत्रकारहरूमाथि निगरानी राख्नका लागि विवादास्पद पेगासस स्पाइवेयर प्रविधिको प्रयोग गरेको आरोप लगाइएको थियो । यद्यपि सरकारले उक्त आरोपलाई  अस्वीकार गरेको छ । 

    एप्पलले उक्त मामिलामा कुनै टिप्पणी गरेको छैन । यद्यपि उसको वेबसाइटमा धम्कीपूर्ण सूचनाहरू ‘राज्य–प्रायोजित आक्रमणकारीहरूबाट लक्षित हुनसक्ने प्रयोगकर्ताहरूलाई सूचित गर्न र सहयोग गर्न डिजाइन गरिएको’ भनी व्याख्या गरिएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij