बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

रुसद्वारा स्वेच्छिक तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेल कटौती


  • 928
    SHARES
  • http://indianyoga.school/posts/5066
    कात्तिक २०, २०८० सोमबार
    रुसद्वारा स्वेच्छिक तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेल कटौती

    रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । 

    सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३ डिसेम्बरसम्म जारी राखिने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले आइतबार बताए । 

    ‘रुसले सेप्टेम्बर र अक्टोबरसम्मका लागि लागू गरेको विश्व बजारहरूमा आफ्नो तेल र तेल उत्पादनहरूको आपूर्तिमा प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक कटौतीलाई यो वर्षको डिसेम्बरसम्म जारी राख्नेछ,’ उनले भने । 

    तासका अनुसार तेल उत्पादनमा कटौती जारी राख्ने वा बढाइने भन्ने निर्णय अर्को महिना बजार विश्लेषण गरिने उनले बताए । 

    उक्त कदम सन् २०२३ अप्रिलमा रुसले घोषणा गरेको स्वेच्छिक तेल उत्पादनमा दैनिक पाँच लाख ब्यारेल कटौतीको पूरक हो र यो सन् २०२४ डिसेम्बरसम्म लागू हुनेछ । 

    उपप्रधानमन्त्री नोभाकले अतिरिक्त कटौतीको प्रयोग पेट्रोलियम निर्यातकर्ता मुलुकहरूको सङ्गठन ओपेक प्लसको तेल बजारहरूमा स्थिरता र सन्तुलन कायम गर्ने कदम बढाउन थप कटौती गरिएको बताए । 

    रुसले मार्चसम्म स्वेच्छिकरूपमा फेब्रुअरीको औसत पाँच लाख ब्यारेल तेल उत्पादन कटौती शुरू गरेको थियो । 

    यसका साथै उत्पादनमा कटौतीको अवधि वर्षमा धेरै पटक बढाइएको थियो । 

    तासका अनुसार भियनामा जुन ४ मा भएको ओपेक प्लसको बैठकपछि उत्पादन कटौतीलाई सन् २०२४ डिसेम्बरसम्म बढाइएको थियो । यसका साथै रुसले अगस्टमा विश्व बजारमा तेल निर्यातलाई अतिरिक्त पाँच लाख ब्यारेल प्रतिदिन कटौती गर्ने निर्णय गर्यो । 

    यो वर्षको अन्त्यसम्म उक्त कदमलाई जारी राख्ने निर्णय गरिएपछि सेप्टेम्बरमा निर्यातमा प्रतिदिन तीन लाख ब्यारेल कटौती गर्न शुरू गरेको तासले बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij