मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

काठमाडौं शान्ति बाटिकामा ‘काग’ सम्मेलन 


  • 991
    SHARES
  • http://indianyoga.school/posts/5117
    कात्तिक २५, २०८० शनिबार
    काठमाडौं  शान्ति बाटिकामा ‘काग’ सम्मेलन 

    काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ । 

    एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौं शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरे । उनले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए । 

    ‘विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश दिउँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु,’ दुलाले भने– ‘यसलाई आउँदा वर्षमा पनि निरन्तरता दिनेछु ।’

    बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाए, काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए । 

    उनले सम्मेलनको शुरूवात पश्चिम धनगढीबाट शुरू गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालिएको उनले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij