बिहीबार , भदौ १२ गते २०८२ Aug 28 2025 Thursday
images
images

कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प


  • 694
    SHARES
  • http://indianyoga.school/posts/5312
    मंसिर १२, २०८० मंगलबार
    कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प

    कैलाली । कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ ।

    सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपक्षी तथा दुग्धजन्य वस्तुको आयात गत साउन महिनादेखि ठप्प भएको हो ।

    प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले यी वस्तुको आयात–निर्यातका लागि अनुमतिपत्र जारी गर्नेसँगै परीक्षणको कार्य गर्दै आएको छ ।

    क्वारेन्टिन सेवा बन्द हुँदा खाद्यान्न, फलफूल, तरकारीलगायत वस्तुको आयात पूर्णरूपमा रोकिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।

    कञ्चनपुरको गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टिन मातहत त्रिनगर नाकामा प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले बिरुवा तथा बिरुवाजन्य उपजको आयात–निर्यातको अनुमति दिनुका साथै परीक्षण गर्ने काम गर्दै आएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij