मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

जाे बाइडेनले गरे अमेरिकी विदेश नीतिमा नयाँ युगको आह्वान

  • 1.4K
    SHARES
  • http://indianyoga.school/posts/533
    भदौ १७, २०७८ बिहीबार
    जाे बाइडेनले गरे अमेरिकी विदेश नीतिमा नयाँ युगको आह्वान

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको रक्तपात र २० वर्ष लामो सेना फिर्ताका लागि आफू जिम्मेवार रहेको बताउँदै यसलाई अमेरिकी विदेश नीतिको नयाँ युगको निशान बनाउन आह्वान गरेका छन् । 

    अफगानिस्तानबाट सेना फिर्ता र मानिस निकासीको उपलक्ष्यमा मंगलबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति बाइडेनले सो बताएका हुन् । ‘सेनाको मांशपेशीमा कम निर्भर हुनुपर्छ र अमेरिकाकी विदेश नीतिमा नयाँ युगको चिन्ह लगाउनुपर्छ,' उनले भनेका छन् । 

    १७ दिनको अन्तरालमा अमेरिकाले अफगानिस्तानको राजधानी काबुलबाट करिब १ लाख २४ हजार नागरिकको उद्धार गर्न सफल भएको भन्दै मंगलबार जो बाइडेनले उत्सव मनाउँदै भनेका छन्, 'अमेरिकाको वैदेशिक हस्तक्षेप कम रहेको र विदेशमा अमेरिकी भुमिकाले नयाँ पाना पल्टाएको छ ।

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको निर्णय अफगानिस्तानको मात्र नभइ अन्य मुलुक निर्माणका लागि गरिएको यो एक सबैभन्दा ठूलो सैन्य परिचालनको अन्त्य पनि हो ।’ 

    अमेरिकाले २० वर्ष लामो समयसम्म अफगानिस्तानमा सेना परिचालन गराएको थियो । अफगानिस्तानमा खटाइएका अमेरिकी सेना मंगलबार पूर्णरुपमा फिर्ता भइसकेका छन् । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij