बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

हमास कमाण्डर भन्छन् : ‘हामी अन्तिम समयसम्म युद्ध लडिरहने छौँ’


  • 496
    SHARES
  • http://indianyoga.school/posts/5396
    मंसिर २०, २०८० बुधबार
    हमास कमाण्डर भन्छन् : ‘हामी अन्तिम समयसम्म युद्ध लडिरहने छौँ’

    इजरायली सेनाले हमासका कयौँ कमाण्डरलाई मारेको दाबी गरेको छ ।

    सेनाले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘गाजा पट्टीमा हमासको सबैभन्दा ठूलो ब्रिगेडका चार बटालियन कमाण्डरहरू मारिएका छन् । सेनाका अनुसार हालै इजरायली हमलाहरूमा मारिएका ती प्यालेस्टिनी समूहका वरिष्ठ नेताहरू थिए ।’

    उसले मध्यगाजामा रहेका हमासका अन्य एकाईहरूलाई पनि महत्त्वपूर्ण रूपमा क्षति पुर्याएको बताएको छ ।

    तर, मंगलबार हमासका वरिष्ठ अधिकारीले इजरायल हमलाको बदला लिने जनाएका छन् । हमासका बरिष्ठ अधिकारी ओसामा हमदानले भने, ‘इजरायल गाजाको दलदलमा गहिरो गरी डुब्दैछ ।’

    उनले अगाडी भने, ‘हाम्रो समुह जारी युद्धमा जति लामो समयसम्म पनि लड्न राम्ररी तयार छ ।’

    दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडीजका मिडिया स्टडीज प्रोफेसर मोहम्मद एल्मास्रीले पनि यसअघि अल जजीरालाई भनेका थिए कि इजरायलले हमासलाई हटाउने लक्ष्य राखेको भएता पनि यो समूह अझै ठूलो मात्रामा अक्षुण्ण रहेको छ । यसका सदस्यहरूको सानो प्रतिशतलाई मात्र इजरायलले मारेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij