मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

मानव अधिकार दिवस-२०८०

मानवअधिकार दिवसमा राष्ट्रपति सहभागी, वृत्तचित्र प्रदर्शनी


  • 595
    SHARES
  • http://indianyoga.school/posts/5491
    मंसिर २४, २०८० आइतबार
    मानवअधिकार दिवसमा राष्ट्रपति सहभागी, वृत्तचित्र प्रदर्शनी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मानवअधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सहभागी भएका थिए ।

    सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संसदीय समितिका सभापति, सांसद, संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र नेपाल सरकारका विशिष्ट कर्मचारीको उपस्थिति थियो ।

    कार्यक्रममा ‘नेपालको मानवअधिकार यात्रा’ सम्बन्धी वृत्तचित्रको प्रदर्शनी गरिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij