मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार


  • 613
    SHARES
  • http://indianyoga.school/posts/5605
    पुष ५, २०८० बिहीबार
    हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार

    इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् ।

    उनले एक विज्ञप्तिमा भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’

    गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।

    सदस्य राष्ट्रहरूबीच शब्दहरूलाई लिएर भएको खिचातानीले पछिल्ला दुई मतदानमा ढिलाई भएकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा पनि युद्ध रोक्ने प्रस्तावमाथि बुधबार मतदानको तयारी गरिएको कूटनीतिक सूत्रहरूले एएफपीलाई बताएका छन् ।

    यद्यपि प्रधानमन्त्री नेतान्याहुले इजराइली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए । ‘कसैले हामी रोकिने छौँ भनेर सोचेको छ भने ऊ वास्तविकतासँग जोडिएको छैन, हामीले हमासमाथि आगो वर्षाएका छौँ, हामीले उसका निकट र टाढाका साथीहरूमाथि पनि हमला गरिरहेका छौँ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij