मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

शिक्षा

विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही


  • 424
    SHARES
  • http://indianyoga.school/posts/5645
    पुष ६, २०८० शुक्रबार
    विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्याथ्र्रीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । 

    केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले राससलाई जानकारी दिए । 

    अधिकारीका अनुसार कोहीकसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्डसजाय गरिने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij