बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत प्रथम


  • 559
    SHARES
  • http://indianyoga.school/posts/6592
    माघ २९, २०८० सोमबार
    प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत प्रथम

    कालीकोट । कालीकोटमा यही माघ २६ गतेदेखि सञ्चालन भएर आज सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतको टोली प्रथम भएको छ ।

    सुर्खेतका नरेन्द्र बम र जीतप्रसाद लामिछानेको जोडी प्रथम भएको हो । यस्तै सुर्खेतकै राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी दोस्रो भएको छ । तेस्रोमा कालीकोटका खेलाडी सुमन विष्ट, भूपेन्द्र मल्ल, विनोदबहादुर शाही र मानबहादुर बुढा भएका छन् ।

    प्रथम विजेताले रु ५१ हजार एक सय ११ पुरस्कारसँगै मेडल पाउनुभएको छ भने उपविजेताले रु ३० हजार एक सय ११ सहित मेडल पाए ।

    सेमिफाइनलसम्म पुग्ने दुई जोडीले रु १५ हजार एक सय ११ पुरस्कार पाएको आयोजक जिल्ला ब्याडमिन्टन सङ्घ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले बताए ।

    “जिल्लामा नियमित ब्याडमिन्टन खेल्ने गरे पनि यति ठूलो पुरस्कार राशिको प्रतियोगिता पहिलो पटक भएको हो”, उनले भने, “यो खेल पहिलो पटक आयोजना भएको हो, आगामी दिनमा थप प्रतियोगिता गर्नका लागि हौसला मिलेको छ ।”

    ब्याडमिन्टन सङ्घ कालीकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला र कालीकोटका गरी २१ टोली दर्ता भएको ब्याडमिन्टन सङ्घले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij