बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

खेलकुद

नेपाल ए क्रिकेट टिमले क्यानडा- ११ विरुद्ध तीन खेल खेल्ने


  • 658
    SHARES
  • http://indianyoga.school/posts/6689
    फागुन ४, २०८० शुक्रबार
    नेपाल ए क्रिकेट टिमले क्यानडा- ११ विरुद्ध तीन खेल खेल्ने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्बजनिक गरेको छ ।

    मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र् फेब्रुअरी २२ मा तेस्रो खेल हुने क्यानले जानकारी दिएको हो । 

    क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको  घोषणा गरिसकेको छ । 

    क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।

    नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij