मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पूर्वी अफगानिस्तानमा गएको पहिरोमा परी २५ जनाको मृत्यु


  • 1.2K
    SHARES
  • http://indianyoga.school/posts/6771
    फागुन ८, २०८० मंगलबार
    पूर्वी अफगानिस्तानमा  गएको पहिरोमा परी २५ जनाको मृत्यु

    पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताए । 

    अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् ।

    उनीहरूका अनुसार उद्धार कार्य जारी छ । पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् । घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या परिवर्तन हुनसक्ने बताए ।

    राजधानी सहर काबुलसहित अफगानिस्तानका केही भागहरूमा आइतबार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij