मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन– पुटिन


  • 622
    SHARES
  • http://indianyoga.school/posts/6810
    फागुन ९, २०८० बुधबार
    अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन– पुटिन

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मङ्गलबार घोषणा गरेका छन् ।

    उनले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गरे । रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसको गत साताको पुष्टिपछि पुटिनको उक्त भनाइ आएको हो ।

    यद्यपि अहिलेसम्म यस्तो प्रकारको कुनै पनि हतियार सञ्चालनमा छैन । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यो अन्तर्राष्ट्रिय बाह्य अन्तरिक्ष सन्धिको उल्लङ्घन हुने बताए ।

    यद्यपि उनले हतियार आणविक–सक्षम हो कि होइन भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरे । 

    रुससहित एक सय ३० भन्दा बढी देशले हस्ताक्षर गरेको सन्धिले अन्तरिक्ष कक्षमा ‘आणविक हतियार वा कुनै पनि अन्य प्रकारका सामूहिक विनाशका हतियार’ तैनाथ गर्न वा ‘कुनै अन्य तरिकाले बाहिरी अन्तरिक्षमा हतियार राख्न’ निषेध गर्दछ ।

    ह्वाइट हाउसले चिन्ताहरूबारे रुसीहरूसँग सिधै कुराकानी गर्ने बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij