मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

दुर्घटना पीडितको शव युक्रेन फिर्ता गर्न रूस तयार


  • 559
    SHARES
  • http://indianyoga.school/posts/7035
    फागुन १९, २०८० शनिबार
    दुर्घटना पीडितको शव युक्रेन फिर्ता गर्न रूस तयार

    बेलगोरोड क्षेत्रमा सैन्य आईएल–७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रूस तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

    प्रक्रियागत दृष्टिकोणबाट आवश्यक पर्ने सबै कुरा तयारी अवस्थामा भएको रूसी मानव अधिकार आयुक्त तात्याना मोस्काल्कोभालाई उद्धत गर्दै रूसको आरआइए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ ।

    विद्यमान प्रक्रियाहरू सल्टाएर शव हस्तान्तरण गर्न सकिने उहाँले बताउनुभयो । जनवरी २४ मा, युक्रेनी सशस्त्र बलले बेलगोरोड क्षेत्रमा रूसी सैन्य यातायात विमान, आईएल– ७६ लाई गोली हानेको थियो ।

    विमानमा ६५ जना युक्रेनी कैदीहरू आदान प्रदानका लागि सवार थिए । दुर्घटनामा कैदीहरूको साथमा तीनजना रूसी अधिकारीहरूका साथै छ जना चालक दलका सदस्यहरूले आफ्नो ज्यान गुमाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij