मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

रुसी आक्रमणमा ११ को मृत्युपछि जेलेन्स्कीद्वारा पश्चिमी हवाई रक्षाका लागि आग्रह


  • 856
    SHARES
  • http://indianyoga.school/posts/7075
    फागुन २०, २०८० आइतबार
    रुसी आक्रमणमा ११ को मृत्युपछि जेलेन्स्कीद्वारा पश्चिमी हवाई रक्षाका लागि आग्रह

    रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार पश्चिमी मुलुकहरूसँग थप हवाई–रक्षा प्रणाली चाँडो उपलब्ध गराउन आह्वान गरेका छन् ।

    दक्षिणी बन्दरगाह सहर ओडेसामा रातभर भएको ड्रोन हमलामा एक बालक र एक शिशुसहित आठ जनाको मृत्युको पुष्टि भएको एक क्षेत्रीय अधिकारीले बताए । 

    उत्तरपूर्वी खार्किभ तथा दक्षिणमा खेरसन र जापोरिजियाको सीमावर्ती क्षेत्रहरूमा भिन्नाभिन्नै गोलाबारी हमलामा अन्य तीन जना मारिएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् ।

    “रुसले लगातार नागरिकहरूमाथि हमला गरिरहेको छ”, राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा भने, “हामीलाई हाम्रा साझेदारहरूबाट थप हवाई प्रतिरक्षा आवश्यक छ, हामीलाई आफ्ना नागरिकहरूलाई रुसी आतङ्कबाट थप सुरक्षा प्रदान गर्नका लागि युक्रेनी हवाई ढाललाई बलियो बनाउन आवश्यक छ, थप हवाई–प्रतिरक्षा प्रणालीका लागि थप क्षेप्यास्त्रले जीवन बचाउँछ ।”

    अमेरिकी कांग्रेसमा ६० अर्ब डलरको महत्त्वपूर्ण सहायता प्याकेज अड्किएकाले युक्रेन अहिले दुई वर्षको युद्धमा ‘ब्याकफुट’ मा छ ।

    “रुसी ‘आतङ्कवादीहरू’को हमलामा ओडेसामा नौ तले एउटा भवन क्षतिग्रस्त भएको छ”, गृहमन्त्री इगोर क्लिमेङ्कोले शनिबार एक टेलिग्राम पोस्टमा भने ।

    करिब १० जना बेपत्ता छन् र एक सय उद्धारकर्मी रातभर खोजी तथा उद्धार कार्यका लागि तयारी अवस्थामा छन् । घटनास्थलको फुटेजमा एउटा आवासीय भवनको धेरै तला भत्किएको र भवनको अग्रभाग बिग्रिएको देखाइएको छ ।

    युक्रेनको हवाई सेनाले उसले खसालेको रुसी ड्रोनको भग्नावशेष ओडेसा र खार्किभ दुवै स्थानका आवासीय भवनहरूमा खसेको बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij