मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

विदेशीलाई प्रवेश अनुमति सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह


  • 640
    SHARES
  • http://indianyoga.school/posts/7139
    फागुन २४, २०८० बिहीबार
    विदेशीलाई प्रवेश अनुमति सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह

    विदेशीलाई प्रवेश अनुमति सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह संयुक्त राज्य अमेरिकाले मङ्गलबार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ ।

    “केही युरोपेली प्रतिनिधिमण्डल उत्तर कोरिया फर्कन सक्षम भएको खबर आएको छ, यसको हामी स्वागत गर्छौं,” उत्तर कोरियासम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जुङ पाकले कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसको एक कार्यक्रममा भने ।

    जर्मनी र बेलायतले महामारीपछि बन्द भएका प्योङयाङमा रहेका र महामारीपछि बन्द भएका आफ्ना दूतावासहरू निरीक्षण गर्न छुट्टाछुट्टै टोली पठाएका थिए ।

    दुबै देशका प्रतिनिधिले उत्तर कोरिया फर्कन सकिने बताएका थिए । पाकले भन्नुभयो, “विशेष गरी मानवीय सहयोगका लागि अनुमति दिन हामीले उत्तर कोरियालाई आफ्नो सीमा थप खुला गर्न आग्रह गर्नेछौं ।”

    मानवीय समूहसँग काम गर्ने ‘वास्तवमै असल मानिस’ उत्तर कोरियामा रहेको र उनीहरू राजनीतिसँग नजोडिएको उनले बताए । उनले भने, “हामी यो सुनिश्चित गर्न चाहन्छौं कि बालबालिकालाई खोप लगाइयोस्, स्वास्थ्य प्रणाली व्यवस्थित होस् ।”

    क्षेप्यास्त्र परीक्षण स्थगित गर्न र राष्ट्रपति जो बाइडेनको प्रशासनले वार्ताका लागि गरेको प्रस्ताव अस्वीकार गरेको उत्तर कोरियासँग अमेरिकाको उच्च तनाव रहेकोे छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij