मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

दक्षिण अफगानिस्तानका २४ स्थानमा हतियार भण्डार फेला


  • 649
    SHARES
  • http://indianyoga.school/posts/7145
    फागुन २५, २०८० शुक्रबार
    दक्षिण अफगानिस्तानका २४ स्थानमा हतियार भण्डार फेला

    अफगानिस्तानको 'काउन्टर टेरोरिज्म' प्रहरीले गत एक हप्तामा दक्षिणी प्रान्त हेलमान्डमा २४ स्थानमा हतियार भण्डार फेला पारेको प्रान्तीय प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    बरामद गरिएका हतियारहरूमा ७ थान एकेएम असल्ट राइफल, ६ थान युएस मेड एम १६ असल्ट राइफल, ९ थान पेस्तोल, केही मेसिनगन र ठूलो परिमाणमा गोलाबारुद रहेका छन् ।

    विगत एक हप्तामा प्रान्तीय राजधानी लश्कर गाह र छिमेकी ग्रिष्क र नाद अली जिल्लाहरूमा गरिएको शृङ्खलाबद्ध कारबाहीका क्रममा हतियार र गोलाबारुद फेला पारिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    अमेरिकी नेतृत्वको सेना फिर्ता लिएपछि सन् २०२१ को अगस्टमा कब्जा गरेको अफगानिस्तानको विद्रोहीले देशभर ठूलो मात्रामा हतियार बरामद गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij