मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित


  • 514
    SHARES
  • http://indianyoga.school/posts/7626
    चैत ३०, २०८० शुक्रबार
    एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

    त्रिवेणी (नवलपरासी) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् ।

    एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

    सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो ।

    नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा छन् ।

    कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताए ।

    अधिवेशनले सदस्यतर्फ पालिका भूगोलमध्ये प्रत्येक नगरपालिकाबाट खुला चार, महिला दुई, युवा एक गरी चारवटा नगरपालिकाबाट २८ जना, गाउँपालिकाबाट खुला दुई, महिला दुई, युवा एक गरी चारवटा गाउँपालिकाबाट २० जना सदस्य निर्वाचित गरेको छ ।

    जिल्लालाई एउटा भूगोल मानी खुला १४, महिला नौ र युवा चार गरी २७ सदस्य निर्वाचित भएका छन् ।

    समावेशीतर्फबाट आदिवासी जनजातिबाट खुला तीन, महिला तीन, युवा पुरुष एक, युवा महिला एक, दलिततर्फ खुला चार, महिला दुई र युवा एक, थारू खुला तीन र महिला एक, अल्पसङ्ख्यक एक, मुस्लिम एक, अपाङ्ग एक गरी २२ र मजदुरबाट एक जना जिल्ला कमिटी सदस्य निर्वाचित भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij