बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

राजनीति

काँग्रेसका सात जिल्लामा आज वडा अधिवेशन


  • 1000
    SHARES
  • http://indianyoga.school/posts/765
    असोज ५, २०७८ मंगलबार
    काँग्रेसका सात जिल्लामा आज वडा अधिवेशन

    काठमाडौं । आजसम्ममा वडा तहको अधिवेशन सम्पन्न गर्नुपर्ने नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित बनेको छ ।

    असोज ५ गतेभित्रमा सबै स्थानीय तहको वडा अधिवेशन सम्पन्न गर्ने गरी भदौ २५ गते महाधिवेशन कार्यतालिका संशोधन गरिएको थियो । तर हिजो साँझसम्ममा वडा अधिवेशन गर्न बाँकी रहेका २० जिल्लामध्ये १३ जिल्लाको विवाद टुंगिन सकेको छैन् । 

    विवाद टुंगिएका काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, कपिलवस्तु, बर्दिया र बाजुरामा मात्रै आज वडा अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिए । १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद कायमै रहेकाले असोज ९ गते गर्ने भनिएको स्थानीय तहको अधिवेशनसमेत प्रभावित हुने देखिएको छ । 

    संशोधित तालिकाअनुसार असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १५ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ गते तथा केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने तय भएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij