मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

उपनिर्वाचन

इलाम फाकफोकथुम १,२, ३ र ४ को मतगणना सकियो, रास्वपा चौथो स्थानमा


  • 622
    SHARES
  • http://indianyoga.school/posts/7873
    बैशाख १६, २०८१ आइतबार
    इलाम फाकफोकथुम १,२, ३ र ४ को मतगणना सकियो, रास्वपा चौथो स्थानमा

    इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को मतगणना सकिएको छ ।

    मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दुई हजार पाँच सय ४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले दुई हजार एक सय ९७ मत प्राप्त गरे ।

    त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले पाँच सय ९३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले तीन सय ७९ मत प्राप्त गरे मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

    अहिलेसम्म पाँचहजार सातसय ७८ मत मणना भैसकेको उहाँले बताउनुभयो । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

    सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij