मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

विपत्ति

आगलागी हुँदा २५ लाख बढीको क्षति


  • 775
    SHARES
  • http://indianyoga.school/posts/7986
    बैशाख २२, २०८१ शनिबार
    आगलागी हुँदा २५ लाख बढीको क्षति

    कञ्चनपुर, २२ वैशाख : शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।

    विद्युत् सर्ट भएर आगलागी हँुदा ठगुन्नाको घरगोठ नष्ट भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ ।

    घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए । स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन् ।

    “ठगुन्ना परिवारको घर गोठमा आगलागी हुंुँदा निकै ठूलो क्षति भएको छ”, स्थानीय अरुणकुमार सिंहले भने, “शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन ।”

    आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij