मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

रोनाल्डोले ह्याट्रिक गरेको खेलमा अल वेदाविरुद्ध अल नासरको आधा दर्जन गोल


  • 757
    SHARES
  • http://indianyoga.school/posts/7999
    बैशाख २३, २०८१ आइतबार
    रोनाल्डोले ह्याट्रिक गरेको खेलमा अल वेदाविरुद्ध अल नासरको आधा दर्जन गोल

    साउदी प्रो लिगअन्तर्गत गए राति भएको खेलमा पोर्जुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल वेदाविरुद्ध ६-० को जित निकालेको छ । अल वेदाविरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

    उनले खेलको ५औँ, १२औँ र ५२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । त्यस्तै १८औँ मिनेटमा अल नासरका ओटाभियो, ४५औँ मिनेटमा साडियो माने र ८८औँ मिनेटमा मोहम्मद अल फतिलले गोल गरेसँग अल नासरले अल वेदाविरुद्ध ६-० को जित निकालेको हो ।

    यससँगै ३० खेलमा २४ जित निकालेको अल नासर अंकतालिकाको दोस्रो स्थानमा छ । २९ खेलबाट २७ जित निकालेको अल हिलाल शीर्ष स्थानमा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij