बिहीबार , भदौ १२ गते २०८२ Aug 28 2025 Thursday
images
images

प्रधानमन्त्रीले भने, ‘निजी विद्यालयमा ढुक्क भएर लगानी गर्नुस्,’


  • 442
    SHARES
  • http://indianyoga.school/posts/8283
    फागुन २६, २०८१ सोमबार
    प्रधानमन्त्रीले भने, ‘निजी विद्यालयमा ढुक्क भएर लगानी गर्नुस्,’

     
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताए।

    सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि साथ लिने उनले बताए।

    ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस्। नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस्। यो उद्योग होइन। अत्यधिक मुनाफा ननिकाल्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस्। दक्ष र कुशल नागरिक उत्पादन गर्नुस्। लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन। सेवा दिनुस् तर तपाईंहरु जोगी पनि नहुनुस्।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij