मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

क्रिकेट खेलाडीको नयाँ ग्रेडिङः सन्दीपसहित पाँच ‘ए’ ग्रेडमा, कुशल र करण ‘बी’ मा झरे 


  • 766
    SHARES
  • http://indianyoga.school/posts/8316
    फागुन २८, २०८१ बुधबार
    क्रिकेट खेलाडीको नयाँ ग्रेडिङः सन्दीपसहित पाँच ‘ए’ ग्रेडमा, कुशल र करण ‘बी’ मा झरे 

     

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।

    नयाँ वर्गीकरण अनुसार ग्रेड ‘ए’मा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् । यसअघिको वर्गीकरण हुँदा सन्दीप लामिछाने निलम्बनमा थिए।

    ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह छन् भने ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । यसअघि करण र कुशल’ए’ वर्गीकरणमा थिए। अनिल शाह भने यसअघि डी मा थिए। यस्तै ग्रेड डी मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।

    ग्रेड ए का खेलाडीहरूले १ लाख रुपैयाँ तलब पाउनेछन् भने ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइने क्यानले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij