बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

स्ववियू निर्वाचनमा कडा प्रतिस्पर्धा  


  • 982
    SHARES
  • http://indianyoga.school/posts/8394
    चैत ६, २०८१ बुधबार
    स्ववियू निर्वाचनमा कडा प्रतिस्पर्धा  

     

    काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन पछिल्लो तथ्याङ्क अनुसार नेपाल विद्यार्थी संघले ९९, अनेरास्ववियु ८६ र अखिल क्रान्तिकारी ८१ क्याम्पसमा विजयी भएका छन् । नेपाली कांग्रेस निकट नेविसंघ पहिलो, नेकपा एमाले निकट अनेरास्ववियु दोस्रो र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तेस्रो भएका भएका हुन् ।

    अखिल क्रन्तिकारीका उपाध्यक्ष अटल अचार्यले देशैभर मतगणना जारी भएकाले नेविसंघ ९९ अनेरास्ववियू ८६ र अखिल क्रान्तिकारीले ८१ क्याम्पसमा विजयी भएको बताए । देशैभरको मतगणनाको अवस्थालाई हेर्दा अखिल क्रान्तिकारी पहिलोे हुने देखिएको दाबी गरे । काठमाडौँ उपत्यका सहित विद्यार्थी विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा अखिल क्रन्तिकारी विजयी भएको उनको भनाई छ । 
     केही क्याम्पसहरूमा मत गणना जारी भएकाले अन्तिम नतिजा आएको छैन ।
    मंगलबार ३८ वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै निर्वाचन भएको हो । त्रिविले सम्बन्धनप्राप्त करिब साढे तीन सय र ६२ आंगिक क्याम्पसमा एकै चरणमा निर्वाचन गर्ने तयारी गरेको थियो । तर, विद्यार्थीको अवरोधका कारण ठुला तथा आंगिक क्याम्पसहरूमा चुनाव हुन सकेन ।

    कहाँ–कहाँ रोकियो चुनाव ? 
    त्रिवि केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस, अस्कल क्याम्पस, शंकरदेव क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पब्लिक युथ क्याम्पस, पद्मकन्या क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस, कृषि क्याम्पस खैरहनी, पाटन संयुक्त क्याम्पस, हिमालयन इन्जिनियरिङ क्याम्पस ललितपुर, कान्तिपुर इन्जिनियरिङ क्याम्पस ललितपुर, महालक्ष्मी बहुमुखी क्याम्पस लुभुलगायतका क्याम्पसमा चुनाव हुन सकेन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij