बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

काठमाडौं र ललितपुरका यी स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने

  • 784
    SHARES
  • http://indianyoga.school/posts/8426
    चैत ९, २०८१ शनिबार
    काठमाडौं र ललितपुरका यी स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने

    काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको  जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो।

    जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी(साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। त्यहाँ एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।

    त्यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर(सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। ती क्षेत्रमा एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।

    त्यस्तै ललितपुरमा पुल्चोक वितरण केन्द्रको कुपनडोल फिडर मध्याह्न १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।


    ती फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल एरियामा विद्युत अवरूद्ध हुनेछ।

    काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुरु हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij