बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

माइतीघरमा नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर

  • 1.7K
    SHARES
  • http://indianyoga.school/posts/8474
    चैत १२, २०८१ मंगलबार
    माइतीघरमा नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

    मंगलबार दिउँसो ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्ला कार्डसहित प्रदर्शन भएको हो।

    मन्त्रिपरिषदको सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

    यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij