मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

कुलमान र हितेन्द्रदेवको रिट हेर्न नमिल्नेमा

  • 334
    SHARES
  • http://indianyoga.school/posts/8535
    चैत १७, २०८१ आइतबार
    कुलमान र हितेन्द्रदेवको रिट हेर्न नमिल्नेमा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ।

    आइतबार परेको उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासले हेर्न नमिल्नेमा परेको हो। ।

    आइतबार दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो।

    यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो। उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो।

    त्यस्तै पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको छ। घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो। 

    घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन्। यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन्। 

    गत सोमबार (चैत ११ गते) सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij