मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

शिक्षक महासंघ आज देखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा


  • 370
    SHARES
  • http://indianyoga.school/posts/8573
    चैत २०, २०८१ बुधबार
    शिक्षक महासंघ आज देखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा

     

    काठमाडौं । नेपाल शिक्षक महासंघले आज देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। 

    गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जा‍औँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधवार देखी गर्न लागेको हो ।  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए । 

    गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांस शिक्षक कर्मचारी सहभागी हुने उनको दावी रहेको छ ।

    हाल काठमाडौँ रहेका र आजसम्ममा आउन लागेका  आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने चेतावनी पनि उनले दिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij