मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

२० लाख नगदसहित काठमाडौंबाट तिब्बती महिला पक्राउ

  • 478
    SHARES
  • http://indianyoga.school/posts/8604
    चैत २१, २०८१ बिहीबार
    २० लाख नगदसहित काठमाडौंबाट तिब्बती महिला पक्राउ

    काठमाडौं । काठमाडौंबाट एक जना चिनियाँ नागरिक २० लाख नगदसहित पक्राउ परेका छन्।

    काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट चिनियाँ नागरिकलाई २० लाख ९२ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

    पक्राउ पर्नेमा तिब्बत घर भई काठमाडौंको बौद्ध बस्‍ने २६ वर्षीया रिक्शी वाङ्मो छन्।  उनीबाट एक हजार दरको ११ लाख ८३ हजार रुपैयाँ र ५ सय दरको ९ लाख ९ हजार रुपैयाँ बरामद भएको हो।

    प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो। उनीमाथि काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij