मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

गभर्नर नियुक्तिबारे दलहरूबीच भागबन्डा होइन, विचौलियाहरूबीच कुरा नमिलेको हो : प्रचण्ड

  • 361
    SHARES
  • http://indianyoga.school/posts/8757
    बैशाख ४, २०८२ बिहीबार
    गभर्नर नियुक्तिबारे दलहरूबीच भागबन्डा होइन, विचौलियाहरूबीच कुरा नमिलेको हो : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले गभर्नरको भागबन्डा दलहरूबीच नभई विचौलियाबीच नमिलेको बताएका छन्।

    रूपन्देहीमा बिहीबार प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले बाहिर दलहरुबीच नमिलेको जस्तो देखिए पनि नमिलेको विचौलियाबीच नमिलेको दाबी गरेका हुन्। ‘गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो,’ उनले भने।

    उनले स्वार्थ समूहको बिगबिगी भइरहेको अवस्थामा मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिए। उनले संविधानमा भएको त्रुटि संशोधन आवश्यक रहेको पनि बताए। ‘संविधान संशोधन अधिकार खोस्ने गरि होइन थप अधिकार दिने गरि संबैधानिक लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने गरि हुनुपर्‍यो,’ प्रचण्डले भने।

    माओवादीको तराई राजमार्गमा झापा देखिको अभियानमा आउंदा राजमार्ग वरिपरि जनतामा नयाँ आशा जन्माएको भन्दै उनले झापाबाट सुरुवात भएको अभियानमा हजारौं लाखौं जोडिएको बताउंदै शिक्षा, स्वास्थ्य, पर्यटन विकासका समस्या नजिकबाट बुझ्ने अवसर प्राप्त गरेको बताए। यो सरकारलाइ दबाव दिने उद्देश्यले अभियानमै रहेको प्रचण्डको भनाइ थियो ।

    कार्यक्रममा पूर्व उप-राष्ट्रपति नन्दबहादुर पुन पासाङ, पूर्व सभामुख कृष्ण बहादुर महरा, पूर्व सभामुख अग्नि प्रसाद सापकोटा, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, नेकपा माओवादीका महासचिव देब गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रचण्डसहित केन्द्रीय नेताहरूको टोली रुपन्देहीको विभिन्न कार्यक्रम सहभागी हुँदैछ।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij