मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

प्रधानमन्त्री ओलीले भने, ‘अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ’  


  • 334
    SHARES
  • http://indianyoga.school/posts/8860
    बैशाख १२, २०८२ शुक्रबार
    प्रधानमन्त्री ओलीले भने, ‘अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ’  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।


    सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा प्रधानमन्त्रीसमष सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।  प्रधानमन्त्री ओलीले भने, “अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।”

    नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्यान्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर सभापति देउवाले भने थाइल्यान्ड भ्रमणबाट शुक्रबार फर्किएसँगै सञ्चारकर्मीहरूसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij