मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

कांग्रेस सांसद खतिवडाले भने,‘आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ’ 


  • 406
    SHARES
  • http://indianyoga.school/posts/9017
    बैशाख २५, २०८२ बिहीबार
    कांग्रेस सांसद खतिवडाले भने,‘आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ’ 

     
     काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने धारणा राखेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बौल्दै उनले रुस युक्रेन, इजरायल हमास र भारत(पाकिस्तानबीचको युद्धले नेपाललाई जोखिमयुक्त स्थितिमा पुर्‍याएको भन्दै त्यसको सामना गर्नका लागि तयार रहनुपर्नेमा समेत सरकारलाई आग्रह गरे।

    ‘रुस र युक्रेनको युद्ध, इजरायल र हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरण प्रयासको प्रभाव, भारतले पाकिस्तानविरुद्ध आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले अहिले हामी झन जोखिमयुक्त स्थितिमा छौँ भन्ने हामीलाई लागेको छ,’ खतिवडाले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयार होस् भने आग्रह गर्नचाहन्छु।’

    उनले थपे, ‘साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहान्छु।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij