मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु 


  • 523
    SHARES
  • http://indianyoga.school/posts/9074
    बैशाख २९, २०८२ सोमबार
    म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु 

    काठमाडौं । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद गुज्रिएको गोलीगठ्ठा नष्ट गर्ने क्रममा भएको एक विस्फोटमा कम्तीमा १३ जनाले ज्यान गुमाएका छन्। जसमध्ये चार जना सैनिक र नौ जना स्थानीय बासिन्दा रहेका छन्।

    इन्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने, ‘दुईवटा खाल्डाहरूमा विस्फोट सफलतापूर्वक गराइएको थियो, तर तेस्रो खाल्डामा विस्फोटको तयारी भइरहेको बेला एक्कासी आकस्मिक विस्फोट भएको थियो, जसले गर्दा यो दुःखद् घटना घट्न पुग्यो’

    उनका अनुसार, विस्फोट हुनुअघि प्रयोगमा ल्याइएका सबै उपकरणहरूको सुरक्षा जाँच गरिएको थियो र सो स्थल लामो समयदेखि विस्फोटक पदार्थ नष्ट गर्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो।

    दुर्घटनामा परेका सबै व्यक्तिहरूलाई पामेउङपेउक जनरल अस्पतालमा पुर्‍याइएको छ। उक्त घटनाको कारणबारे विस्तृत अनुसन्धान अगाडि बढाइने जनाइएको छ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij