मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

संविधान र व्यवस्थाको संस्थापन पक्ष माओवादी केन्द्र नै होः प्रचण्ड


  • 1.8K
    SHARES
  • http://indianyoga.school/posts/9469
    असार २५, २०८२ बुधबार
    संविधान र व्यवस्थाको संस्थापन पक्ष माओवादी केन्द्र नै होः प्रचण्ड

    काठमाण्डू, २५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन आफ्नो पार्टी रहको धारणा ब्यक्त गरेका छन।

    प्रतिनिधिसभामा संख्याको हिसाबले तेश्रो पार्टी भए पनि राजनीतिक एजेण्डाका आधारमा संस्थापन पक्ष भएको जिकिर गरेका छन। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान आफ्नो दलको नेतृत्वमा स्थापित भएको प्रचण्डले भने।

    ‘अहिले  हामी कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौं । तर हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, संघीउ लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो भने कांग्रेस र एमाले प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष होइनन् ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij