मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

शिक्षण अस्पतालमा १५ शैया सेवा विस्तार


  • 1.3K
    SHARES
  • http://indianyoga.school/posts/9499
    असार २८, २०८२ शनिबार
    शिक्षण अस्पतालमा १५ शैया सेवा विस्तार

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शय्याको आकष्मिक ‘वार्ड’ र आधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ  गरेका छन । 
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त रु २० करोडको लागतमा सेवा सञ्चालनको प्रबन्ध भएको छ । सो अवसरमा मन्त्री पौडेलले शिक्षण अस्पतालप्रति नागरिकको भरोसा बढ्दै गएको बताएका छन । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई  सुलभ ढङ्गले सेवा प्राप्त हुने भन्दै अस्पतालको सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।
    “एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परेपछि अस्पतालले शय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शय्या पुर्याएको हौँ”, उनले भने। 
    अस्पतालका निर्देशक प्रा डा सुभाष आचार्यले एमआरआई सुविधा अस्पतालमा उपलब्ध भएकाले अब उहाँहरूलाई महँगो शुल्क तिरेर  बाहिर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij