मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

भूमि विहीनहरुलाई लालपूर्जा वितरण


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/9535
    साउन १, २०८२ बिहीबार
    भूमि विहीनहरुलाई लालपूर्जा वितरण

    सप्तरी १ साउन । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका –४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार ति परिवारलाई जग्गाधनी प्रमाणपुर्जा बितरण गरिएको छ ।  
    लामो समयदेखि गाउँ ब्लक जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयवासीले जग्गाधनी पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । नापी कार्यालय सप्तरीअन्तर्गत ३ नं नापी टोली राजविराजका प्रमुख सतिश यादवका अनुसार साबिकको फुलकाही गाविस — ६ देखि ९ सम्मका करिब ६० प्रतिशत लालपुर्जा वितरण गरि सकिएको छ । बाँकी लाभग्राहीका लागि २१ दिने सूचना प्रकाशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 
    “केही स्थानमा नक्सासम्बन्धी समस्या देखिएकाले तत्काल वितरण सम्भव भएन, तर सुधार गरी ती लालपुर्जा पनि चाँडै उपलब्ध गराइनेछ”, यादवले भने ।

    नगरप्रमुख आतेशकुमार सिंहले बाँकी वडामा पनि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने बताए । “पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकले लालपुर्जा नहुँदा सरकारी सेवा, कर्जा सुविधा, घरजग्गा दर्तालगायत धेरै समस्यामा भोग्नुपरेको थियो”, उनले भने, “अब बिस्तारै सम्पूर्ण नगरभरिका गाउँब्लक जग्गाधनीलाई लालपुर्जा प्रदान गरिनेछ ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij