मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

नेपालको प्रभावशाली जित महिला यू २० साफ च्याम्पियनसिपमा श्रीलंकालाई फेरि ७ ० ले हरायो


  • 2.1K
    SHARES
  • http://indianyoga.school/posts/9544
    साउन १, २०८२ बिहीबार
    नेपालको प्रभावशाली जित महिला यू २० साफ च्याम्पियनसिपमा श्रीलंकालाई फेरि ७ ० ले हरायो

    काठमाडौँ, १ साउन । दक्षिण एसियाली फुटबल महासङ्घ साफ महिला यू २० च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि दोस्रो पटक पनि ७ ० को प्रभावशाली जित दर्ता गरेको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई गोलरहित राख्दै शानदार विजय हासिल गरेको हो।
    यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलंकालाई समान ७ ० गोल अन्तरले नै पराजित गरेको थियो। यो जितसँगै नेपालले चार खेलबाट ९ अंक जोडेको छ। समान चार खेल खेलेको श्रीलंका भने अंक विहीन रहेको छ।
    श्रीलंकाविरुद्धको खेलमा नेपालले पहिलो हाफमा चार गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल थपेको थियो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई दुई गोल गरे। यस्तै, पूर्णिमा राई, बिर्सना चौधरी, र सरिता नाथले समान एक एक गोल गरे।
    खेलको १६औँ मिनेटमा पूर्णिमाले हेडर मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। ३५औँ मिनेटमा कुसुमले नेपालको अग्रता दोब्बर बनाइन्। खेलको ४२औँ मिनेटमा सरिताले तेस्रो गोल गरिन् भने ४५औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन्।
    दोस्रो हाफमा पनि नेपालले आफ्नो दबदबा कायम राख्यो। खेलको ६६औँ मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५ ० को अग्रता दिलाइन्। त्यसपछि, ७४औँ मिनेटमा समीक्षाले गोल गरिन्। ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७ ० को फराकिलो जित दिलाइन्।
    अब नेपालले आफ्नो अर्को खेल शनिबार भुटानसँग खेल्नेछ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij