मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

केल्मी नेपालको उत्कृष्ट प्रदर्शन– ‘इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड’ ले सम्मानित


  • 6.9K
    SHARES
  • http://indianyoga.school/posts/9551
    साउन २, २०८२ शुक्रबार
    केल्मी नेपालको उत्कृष्ट प्रदर्शन– ‘इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड’ ले सम्मानित

    काठमाडौं । (२०२६ ग्रीष्मकालीन टिम–वेयर मिट) — विश्वप्रसिद्ध स्पोर्ट्सवियर ब्रान्ड केल्मीले आफ्नो मुख्यालयमा आयोजना गरेको विशेष कार्यक्रममा केल्मी नेपाललाई “इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड” २०२६ द्वारा सम्मानित गरेको छ। केल्मीका निर्देशक प्रदीप न्यौपाने र प्रवन्ध निर्देशक उत्तम न्यौपानेले उक्त पुरस्कार ग्रहण गरेका छन् ।
    यो पुरस्कार विशेष गरी अन्तर्राष्ट्रिय बजारमा नेपालको ब्रान्ड प्रभाव विस्तार गर्न गरेको योगदानको कदरमा प्रदान गरिएको हो। सम्मान समारोहमा विश्वभरका प्रतिनिधिहरुको उपस्थिति रहेका थियो। बिशेष प्रसंगमा, प्रवन्ध निर्देशक उत्तम न्यौपानेले भने केल्मी, विश्वप्रसिद्ध स्पोट्र्सवेयर ब्रान्ड हो । यसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ । नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने खेलाडीहरुको पहिलो रोजाइमा परेको छ ।
    पुरस्कार ग्रहण पछि प्रवन्ध निर्देशक उत्तम न्यौपानेले भने ‘ यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ । हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोट्र्सवेयर उपलब्ध गराउन प्रतिबद्ध छौं । हाम्रा ग्राहकहरू, साझेदारहरू र खेलप्रेमीहरूको निरन्तर समर्थनले हामीलाई यो उचाइमा पु¥याएको हो । हामी आगामी दिनहरूमा पनि उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिनेनै छौं ।
    नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि उनले न्यौपानेले बताएका छन। साथै “यो पुरस्कारले हामीलाई थप प्रेरणा दिन्छ। हामी केल्मीसँगको साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोर्ट्सवेयर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij