मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

हल गोरु पाल्ने २७५ किसानले पाए म्याग्दे गाउँपालिकाको अनुदान


  • 595
    SHARES
  • http://indianyoga.school/posts/9555
    साउन ३, २०८२ शनिबार

    तनहुँ, ३ साउन — तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले हल गोरु पालनमा सक्रिय २७५ किसानलाई प्रोत्साहनस्वरूप अनुदान रकम वितरण गरेको छ। गोरु पाल्ने परम्परा हराउँदै गएकाले उक्त परम्परालाई जगेर्ना गर्न गाउँपालिकाले प्रत्येक हल गोरुका लागि रू। ४,००० को दरले अनुदान उपलब्ध गराएको हो।
    पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८१।८२ मा वडा नं.१ देखि ४ का किसानलाई अनुदान दिइएको हो। यस योजनाअन्तर्गत जम्मा रू. ११ लाख खर्च गरिएको उनले जानकारी दिए। आउँदो आर्थिक वर्ष २०८२र८३ मा वडानं. ५ देखि ७ का करिब ४०० किसानलाई समेत अनुदान दिने योजना अनुसार बजेट समेत छुट्याइएको छ।
    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेतबारी बाँझो हुन नदिन र गोरु पालनको संस्कृति बचाइराख्न यस्तो कार्यक्रम ल्याइएको जानकारी दिए। उनले भने, ूप्रोत्साहन रकमका कारण हल गोरु पाल्ने किसानको संख्या बढेको छ, जसले खेतबारी बाँझो राख्ने चलन हट्दै गएको देखिन्छ।ू
    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले किसानलाई उक्त रकम गोरुको पोषणमा खर्च गर्न सुझाव दिने गरिएको बताए। अनुदान प्राप्त गरेका किसानका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ट्यागिङ गर्ने कार्यसमेत गरिएको गाउँपालिकाले जनाएको छ।
    यस कार्यक्रमले गोरु पालन प्रवर्द्धनमा सहयोग पुर्‍याउँदै कृषिमा आत्मनिर्भरता र जमिनको भरपूर उपयोगतर्फ किसानलाई प्रेरित गरिरहेको गाउँपालिकाको विश्वास छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij