मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा भेटवार्ता


  • 1.8K
    SHARES
  • http://indianyoga.school/posts/9567
    साउन ४, २०८२ आइतबार
    एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा भेटवार्ता

    काठमाडौँ, ४ साउन – नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको छ।
    पूर्वराष्ट्रपति भण्डारीले हालै पार्टीको सक्रिय राजनीतिमा सहभागी हुने घोषणा गरेपछि एमाले भित्र यसबारे चासो र बहस सुरु भएको छ। सोही सन्दर्भमा आजको भेटलाई औपचारिक छलफलको रुपमा हेरिएको छ। अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले घोषणा अघि पार्टीसँग कुनै छलफल नगरेको उल्लेख गर्दै यो विषय पोलिटब्युरो र सचिवालयमा समेत उठाइसक्नुभएको छ।
    शनिबार सम्पन्न एमाले पोलिटब्युरो बैठकमा अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपतिले गरिमामय पद सम्हालिसकेको व्यक्ति भएकाले सक्रिय राजनीतिमा सहभागी हुनु उचित नहुने धारणा व्यक्त गरेका थिए ।
    एमाले केन्द्रीय कमिटीको बैठक सोमबारदेखि सुरु हुँदैछ। उक्त बैठकमा पनि भण्डारीको सक्रिय राजनीतिमा सहभागिताको विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij