मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पूजा आराधनाका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला


  • 1.0K
    SHARES
  • http://indianyoga.school/posts/9575
    साउन ५, २०८२ सोमबार
    पूजा आराधनाका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला

    काठमाडौँ, ५ साउनः साउनको पहिलो सोमबारका अवसरमा आज बिहानदेखि पशुपतिनाथ मन्दिरका चारैवटा ढोका भक्तजनका लागि खुला गरिएको छ। पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार बिहान ३ बजेदेखि मन्दिरको मूल गेटसहित अन्य ढोकाहरू पनि खुला गरिएको हो।
    कोषले आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिरमा प्रवेश गरी दर्शन गर्ने अपेक्षा गरेको छ। त्यस अनुसार व्यवस्थापन गरिएको बताइएको छ। साउन महिनाको सोमबार विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले व्रत बसेर भगवान् शिवको विधिपूर्वक पूजा आराधना गर्ने गर्छन्।
    यसै सन्दर्भमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको थियो। कोषका अनुसार साउन महिनामा विशेष पूजाका लागि न्यूनतम रु ७,५०० बराबरको टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ।
    साउने सोमबारका दिन विशेष गरी महिलाहरूले व्रत बसी शिवालयमा पूजा गर्ने परम्परा छ। साउन महिना र सोमबार दुवै भगवान् शिवका लागि पवित्र मानिने भएकाले आजको पूजाले मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
    भक्तजनका सुविधाका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था गरेको छ, जुन सोमबारबाहेकका दिनमा पनि निरन्तर चल्नेछ। यस्तै, कोषले साउन महिनाका सोमबारहरूमा चक्रपथ परिक्रमा गरिरहने चार वटा बसमार्फत निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको छ। यो सेवा साउनका चार वटै सोमबार चल्ने जनाइएको छ।

     

     

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij