मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

राष्ट्रिय सभाको बैठक आज, दुई महत्वपूर्ण विधेयक माथि दफावार छलफलको प्रस्ताव


  • 946
    SHARES
  • http://indianyoga.school/posts/9587
    साउन ६, २०८२ मंगलबार
    राष्ट्रिय सभाको बैठक आज, दुई महत्वपूर्ण विधेयक माथि दफावार छलफलको प्रस्ताव

    काठमाडौँ, ६ साउन — संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाइएको छ। बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेस हुने सम्भावित कार्यसूची तय भएको छ।
    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्नेछिन् ।
    त्यसैगरी, गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित आएको ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ लाई पनि दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्ने तयारी छ।
    बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर कार्यक्रम पनि रहेको छ, जसमा सम्बन्धित मन्त्रीले सांसदहरूको प्रश्नको उत्तर दिनेछन् ।
    यसैबीच, प्रतिनिधि सभाअन्तर्गत तीन समितिको बैठक पनि आज बस्ने कार्यक्रम छ।
    कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुनेछ।
    महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्थाका सम्बन्धमा’ छलफल हुनेछ।
    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक’ माथि संशोधनकर्तासँग छलफल जारी रहनेछ।
    आजको बैठकले संघीय विधायन प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij