मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज


  • 1.5K
    SHARES
  • http://indianyoga.school/posts/9588
    साउन ६, २०८२ मंगलबार
    सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

    काठमाडौँ, ६ साउन — सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१ र ८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ब्याज वितरण गरेको छ। कोषले कुल २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ रुपैयाँ ब्याज वितरण गरेको जानकारी कोषका सूचना अधिकारी डा.रोशन कोजुले दिएका छन ।
    गत वर्ष चैत ४ गतेसम्म जम्मा रकममा ५।५ प्रतिशत र त्यसपछि असार मसान्तसम्म ५ प्रतिशत ब्याजदर कायम गरिएको थियो।
    सामाजिक सुरक्षा कोषमा हालसम्म औपचारिक क्षेत्रका ६ लाख ३ हजार ४२६, वैदेशिक रोजगारमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक क्षेत्रका ७२० र स्वरोजगार समूहका ४२२ गरी कुल २३ लाख ९० हजार १४१ जना योगदानकर्ता सूचीकृत भएका छन्।
    कोषमा हालसम्म जम्मा ८६ अर्ब ८६ करोड रुपैयाँ योगदान संकलन भइसकेको छ भने विभिन्न योजना अन्तर्गत रु १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरिसकेको कोषले जनाएको छ।
    कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij