मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध, आवतजावत र सवारी सञ्चालन ठप्प


  • 577
    SHARES
  • http://indianyoga.school/posts/9597
    साउन ७, २०८२ बुधबार
    पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध, आवतजावत र सवारी सञ्चालन ठप्प

    चौतारा सिन्धुपाल्चोक,७ साउनः अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका – २ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट खसेको ठूलो पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध बनेको छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त सडक खण्ड अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने प्रमुख नाका तातोपानीमार्ग भएर हुने सवारी सञ्चालन तथा आवतजावत ठप्प भएको छ ।
    इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे पहिरो खस्दा सम्पूर्ण सडक बन्द भएको हो। “पहिरोको कारण कुनै पनि सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन,” उनले बताएका छन ।  
    भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले पहिरो अझै झीररहेकाले तत्काल सडक सञ्चालन असम्भव देखिएको जानकारी दिएका छन । उनले इकु क्षेत्र पहिलेदेखि नै संवेदनशील रहेको र २०७२ को भूकम्पपछि कोदारी बस्ती विस्थापित भएपछि पहिरोको जोखिम झनै बढेको बताए।
    हाल सडक खुलाउने विषयमा सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । पहिरो पन्छाएर सडक पुनः सञ्चालन गर्न केही दिन लाग्ने अनुमान गरिएको छ ।

     

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij